ड्रग्सका अम्मली थिए ओबामा, समलिंगीसँग राख्थे यौन सम्बन्ध
एजेन्सी - फक्स न्युजका पूर्व एन्कर टकर कार्लसनसँगको एक अन्तर्वार्तमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको निजी जीवनबारे ठूलो रहस्य खुलासा भएको छ । ल्यारी सिंक्लेयर नामका यी पूरुषका अनुसार ओबामाले उनीसँग यौन सम्बन्ध राथें ।
उनका अनुसार ओबामाले यौन सम्बन्ध बनाउनुअघि चुरोट पिउँथे । त्यस्तै, उनी ड्रग्सका समेत अम्मली थिए ।
यी व्यक्तिले यस्तै दाबी सन् २००८ को राष्ट्रपति चुनावअघि पनि गरेका थिए । अहिले कार्लसनसँगको उनको अन्तर्वार्ता सामाजिक सञ्जालमा भाइरल छ ।
सिन्क्लेयरले यस विषयमा एफिडेविट साइन गर्न आफु तयार गरेको बताएका छन् । त्यस्तै, यसको सत्य पत्ता लगाउन डिटेक्टर टेस्ट पनि गर्न सकिने बताएका छन् । उनले आफ्नो दाबी शतप्रतिशत सही रहेपनि यसबारे कहिल्यै उजूरी नगरेको बताएका छन् ।
उनले बाराक ओबामालाई कोकिन किन्नका लागि २ सय ५० डलर सहयोग समेत गरेको बताएका छन् । ओबामाले ए क्लासको ड्रग्स लिने गरेको पनि उनले बताएका छन् ।
२०१८ मा पनि एक पूरुषको यस्तै दाबी चर्चामा थियो । सन् १९९९ मा ओबामाले आफुसँग यौन सम्बन्ध राखेको उनको दाबी थियो ।