एशिया कप खेलेर फर्किएको टिमलाई विमानस्थलमा स्वागत
काठमाडौँ - एशिया कप खेलेर नेपाल फर्किएको टिमलाई स्वदेशमा समर्थकहरूले भव्य स्वागत गरेका छन् । नेपाली टिमका खेलाडीलाई हेर्नका लागि विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।
नेपालले एशिया कपमा पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने अवसर पायो । नेपालले यी दुई टिमसँग पहिलोपटक अन्तर्राष्ट्रिय एकदिवसीय (ओडिआई) खेल खेलेको हो ।
पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो । बलिया राष्ट्रसँग पराजित भएको खेलमा नेपालका केही खेलाडीको प्रदर्शन भने अविस्मरणीय रह्यो ।
पाकिस्तानविरुद्ध सोमपाल काकीले २ तथा करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए । सोमपालको बलमा सन्दीप जोराले पाकिस्तानी कप्तान बाबर आजमलाई क्याचआउट गरेका थिए ।
भारतविरुद्धको खेलमा नेपालका आसिफ शेखले ५८ रन बनाए । त्यस्तै, सोमपाल कामीले ४८ र कुशल भुर्तेलले ३८ रनको इनिङ्ग्स खेले ।