कांग्रेस सह–महामन्त्री यादवमाथि खुकुरी प्रहार, उपचारका लागि ट्रमा सेन्टर लगियो
काठमाडौँ - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । टाउकोमा गम्भिर चोट लागेपछि उनलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको छ ।
रिपोर्टस् क्लबबाट बाहिरिने क्रममा उनीमाथि हमला भएको हो । आक्रमणको अभियोगमा सुशीलबाबु सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १५:२२
प्रतिक्रिया दिनुहोस्