नेभिगेशन
सुरक्षा–अपराध
महेन्द्र यादवलाई खुकुरी प्रहार

यी हुन् कांग्रेस सह–महामन्त्री यादवलाई खुकुरी हान्ने सापकोटा, कारण यस्तो...

काठमाडौं नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवलाई खुकुरी प्रहार गर्ने श्यामबाबु सापकोटा सामाजिक अभियन्ताका रुपमा परिचय गराउँछन्। 

नुवाकोट बिदुर नगरपालिका७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटा अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)विरोधी अभियानमा सक्रिय छन्।

खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवमा सापकोटा यादवकै भाषण सुन्दै थिए। एमसीसीको दलाल भन्दै सापकोटाले यादवलाई खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन्।

प्रहरीले सापकोटालाई पक्राउ गरिसकेको छ। उनलाई ज्यान मार्ने उद्योगमा कारबाही हुन सक्ने सम्भावना रहेको छ। सापकोटा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा पनि बोल्ने गर्दछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध