Nic Ad Nic Ad
Nic Ad Nic Ad

यू–१६ साफ च्याम्पियनसिपबाट नेपाल बाहिरियो 

बुधबार, भदौ २०, २०८०

काठमाडौं – भुटानमा जारी साफ यू-१६ च्याम्पियनसिपबाट नेपाल बाहिरिएको छ ।  समूह ए को अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । 

साविक उपविजेता समेत रहेको नेपाल लगातार दुई खेलमा हार व्यहोर्‍यो । यसअघि पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग १-० ले नै पराजित भएको थियो ।

चाङलिमिथाङ स्टेडियममा बुधबार भएको खेलमा भारतका लागि मोहम्मद अर्सादले ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि नेपालले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । भारतले पहिलो हाफमा लिएको अग्रता जोगाउँदै खेल जितेको हो ।

लगातार दुई खेल जित्दै भारत ससमूह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतसँग नेपाल पराजित भएपछि एक जित र एक हारको नतिजा निकालेको बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

समूह बी बाट पाकिस्तान यसअघि नै लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ । अब भुटान र माल्दिभ्सबीच हुने खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्