राष्ट्रलाई जोगाउन खुकुरी प्रहार गरेँ : श्यामबाबु सापकोटा
काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा धारिलो हतियार खुकुरी प्रहार गरी सांघातिक आक्रमण भएको छ ।
बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते हुनु भएका यादवको वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको टाउकोमा १० टाका राखिएको अस्पतालले जनाएको छ । खतरामुक्त अवस्थामा उनको आइसियूमा राखेर उपचार भइरहेको बताइएको छ ।
खुकुरी प्रहार गर्ने सापकोटालाई पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । पक्राउ परेका सापकोटाले राष्ट्रलाई जोगाउन खुकुरी प्रहार गरेको जवाफ दिएका छन् । पक्राउ पर्ने क्रममा उनले नाराबाजी समेत गरेका थिए ।
यसैबीच, नेपाली कांग्रेसले सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसाग माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै आक्रमण गर्ने व्यक्ति वा त्यसको पछिल्तिर जो कोही ब्यक्ति वा समूह भएपनि अनुसन्धान गरेर कडा कारवाही गर्न माग गरेको हो । घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै घोर भत्र्सना र निन्दा गरेको छ ।