शकुन्तला म्याम, सन्दीपलाई कारबाही नहोस्। दुनियाँले श्राप देलान्
काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार काठमाडौं जिल्ला अदालतमा हुँदैछ।
लामिछानेको मुद्दाको सुनुवाइ न्यायाधीश शकुन्तला कार्कीको इजलासमा हुन लागेको छ। लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दा फैसलाका लागि बिहीबारलाई पेसी तोकिएको छ।
यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।
अन्तिम सुनुवाई हुनेवाला छ।
नेपाली क्रिकेट दुनियाँमा सन्दीप एउटा नक्षत्र बनेको र घटनाका विषयमा जति पनि अदालतीसहितका विवरण आएका छन् यसले फरक कोर्ष देखाउँछ।
यसैकारण नेपाली क्रिकेटका फ्यानले भनेका छन्,‘शकुन्तला म्याम, सन्दीपलाई कारबाही नहोस्। देश चिनाउँदैछन्। मिहिन अध्ययन होस्। फेरि दुनियाँले श्राप देलान नि!’
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० ११:४४
प्रतिक्रिया दिनुहोस्