पाइलट बाबाले भरतपुरमा योग तथा समाधि प्रशिक्षण दिने
काठमाडौँ - योग तथा समाधी गुरु पाइलट बाबाले चितवनको भरतपुरमा योग तथा समाधि प्रशिक्षण दिने भएका छन् देवनगर\चम्पानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट हवेलीमा यो कार्यक्रम आयोजना हुनेछ ।
मंसिर ८ देखि २८ मंसिरसम्म ५ दिनसम्म योग तथा समाधी प्रशिक्षण हुनेछ । प्रशिक्षणका दौरान सहभागीहरुलाई हवेलीमै खाने, बस्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
सिमित कोटा भएकाले पहिले दर्ता हुन आउनेलाई पहिलो प्राथमिकता दिइने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८० १४:०४
प्रतिक्रिया दिनुहोस्