Nic Ad Nic Ad
Nic Ad Nic Ad

वडाध्यक्ष मुकुन्द रिजालको मृत्युमा ग्रान्डी अस्पतालको भूमिका 'शंकास्पद'

बिहीबार, भदौ २१, २०८०

काठमाडौंकाठमाडौं महानगरपालिकाका सर्वाधिक चर्चित र भाइरल मेयर मुकुन्द रिजालको मृत्युमा ग्रान्डी अस्पतालको भूमिका शंकास्पद पाइएको छ। 

वडासचिव प्रकाश खड्काको बयानलाई हेर्ने हो भने अस्पतालको भूमिका शंकास्पद देखिन्छ। बारम्बार विवादमा आउने अस्पतालले अहम् समयमा परिवारलाई भेट्न नदिनु, एउटा शंका गर्नु र अर्को कारण बताउनुले पनि त्यतातिर शंका गर्न बाध्य बनाउँछ।

कार्यालयमा पुग्दा जोर्नी दुखेको बताएका रिजाल तीन दिनसम्म अस्पतालमा उपचाररत थिए।

उनी काठमाडौं वडा नम्बर १६ का अध्यक्ष र काठमाडौं क्षेत्र नम्बर ७ का कांग्रेस सभापति थिए।

गत विहीबार कार्यालयमा हल्का मात्र अप्ठेरो महशुस गरेका रिजाल शुक्रबार घरमा आराम गरेर बसे भने शनिबार एउटा क्लिनिकमा उपचार गर्न पुगेका थिए।

क्लिनिकमा लगेर उपचार गरियो, रिपोर्ट साँझ आउने कुरा भयो। त्यसपछि म फर्किएँ, खड्काले भनेका छन्,‘आइतबार कार्यालय जानुअघि म उहाँको घरमा गएँ। तर, उहाँलाई ग्रान्डी अस्पताल लगेको रहेछ।

अस्पतालले सिधै रिजाललाई आईसीयुमा राखेको थियो। परिवारका सदस्यसहित कसैलाई पनि भेट्न दिइएन। आईसीयुमा छिराउनुअघि उच्च ज्वरो आएका रिजाल बोल्न र हिँड्न सक्ने अवस्थामा नै रहेको खड्काले खुलाएका विवरण आएका छन्।

सामान्यतया आईसीयुमा राखिए पनि परिवारका कुनै सदस्यलाई एक पटक हेर्न दिने व्यवस्था हुन्छ। तर, ग्रान्डीले रिजाललाई हेर्न त के उनको स्वास्थ्य अवस्थाबारे केही पनि जानकारी नगराएको खड्काको भनाई छ।

तीन दिनसम्म कुनै पनि जानकारी अपडेट नगराएको अस्पतालले बुधबार दिउँसो स्वाइन फ्लुको शंकाको जानकारी दियो। खड्काले भनेका छन्,‘हाई डोजको दबाई चलाएको जानकारी मात्र दिइयो।

तर अस्पतालले फेरि पनि कुरा फेरेर एक घन्टापछि भन्यो,‘फोक्सोमा पानी जमेर निमोनिया भएको छ। भेन्टिलेटरमा राख्नुपर्छ।

अस्पतालको यो कुरा सुनेर खड्कासहित परिवारका सदस्य आत्तिए।

अवस्था गम्भिर भएको खण्डमा भारतमा लगेर उपचार गराउने परिवारले अस्पताललाई जानकारी मात्र गराएनन्, व्यापार गर्न खोजेको आशंकासहितको प्रश्न पनि सोधेका थिए।

तर अस्पतालले भने मेदान्त अस्पतालका डाक्टरसँग परामर्श भइरहेको जानकारी गराउँदै बिहीबार हेर्ने उत्तर दियो। यति मात्र भनेन अप्ठ्यारो परे एयर एम्बुलेन्सबाट भारत लान सकिनेसम्मको आश्वासन पनि दियो।

विहीबार बिहान अस्पतालभित्र तनावको माहोल थियो। परिवारका सदस्य अत्तालिएका थिए । ७ः३० बजे डाक्टरले मृत घोषित गरे।

यति सबै विवरणले अस्पतालमाथि आशंकाको पूर्ण सुविधा दिएको छ। तर अस्पतालले एक विज्ञप्ति जारी गरी दुवै फोक्सोमा सिभियर निमोनिया भएको जनाएको छ।

यतिमात्र होइन मिर्गौलामा समेत समस्या भएपछि रिजालको निधन भएको अस्पतालले जनाएको छ।

ग्रान्डी अस्पताल यसै पनि विभिन्न प्रकरणमा विवादमा आएको थियो। शंकाको सुविधा किन पनि हुन्छ भने उसको गलत उपचारका कारण १८ महीने एक बालकको जीवन जोखिममा परेको थियो। लैनचौर काठमाडौंकी एकता घिमिरेले ग्रान्डीमै सामान्य अवस्थामा जन्म दिएकी रिहान न्यौपानेको उपचारमा चिकित्सकले बढी डोजको औषधि चलाएको प्रमाणित भएको थियो।

नेपाल मेडिकल काउन्सिलको छानबिनले बालकको उपचारमा चिकित्सकले बढी डोजको पारासिटामोल दिएकोसहित गम्भीर त्रुटि भएको ठहर गरे पनि अस्पताल र चिकित्सकलाई निकै फितलो कारबाहीको निर्णय गरिएको थियो।

जन्मिएपछि शिशुमा अस्पतालजन्य संक्रमण फैलिएको र उपचार क्रममा चिकित्सकले बढी डोजको पारासिटामोल दिएको काउन्सिलको छानबिनबाट खुलेको छ। रिहानका बाबु सञ्जीव न्यौपानेका अनुसार, उपचारमा संलग्न चिकित्सकले ६६ एमएलको पारासिटामोल चलाएका थिए।

छानबिन प्रतिवेदनले शिशुको उपचारमा संलग्न न्यूरो सर्जन डा. अमित थापालाई चिकित्सा विज्ञानको आधारभूत सिद्धान्तमध्येमा पर्ने सहानुभूति र करुणाको कमी देखिएको उल्लेख गरेको थियो।

रिजालको हकमा पनि हाई डोजको दबाई दिएको प्रसङ्गले आशंकाका लागि पर्याप्त सुविधा दिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्