पोर्चुगलले स्लोभाकियालाई हरायो
काठमाडौँ - युरोकप छनौटमा पोर्चुगलले लगातार पाँचौ खेल जितेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
पोर्चुगलको जितमा खेलको ४३औं मिनेटमा ब्रुनो फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा क्रिस्टियानो रोनाल्डोले पहेलो कार्ड पाएका थिए । उनले यसअघि आइसल्याण्डविरुद्धको खेलमा पनि पहेलो कार्ड पाएका थिए । लगातार दुई खेलमा पहेलो कार्ड पाएका रोनाल्डोले अर्को खेल गुमाउने भएका छन् । रोनाल्डोले सेप्टेम्बर १२ मा हुने लक्जेम्बर्गविरुद्धको खेल गुमाउने भएका हुन् ।
यो जितपछि पोर्चुगलको समुह जे मा ५ खेलमा १५ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी स्लोभाकियाको भने ६ खेलमा १० अंक रहेको छ र समुहमा दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८० ०६:५४
प्रतिक्रिया दिनुहोस्