Nic Ad Nic Ad
Nic Ad Nic Ad
साहित्य

‘यादको कोलाज’ लोकार्पण

शनिबार, भदौ २३, २०८०

गण्डकी– लेखक अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’को आज पोखरामा लोकार्पण गरिएको छ ।

‘पुछारसिटे अभियान’द्वारा आयोजित समारोहमा साहित्यकार सरुभक्तले उक्त कृतिको लोकपर्ण गरे । 

गत साता काठमाडौँमा आयोजित ‘कलिङ साहित्य महोत्सव’मा सो कृतिको विमोचन गरिएको थियो । भारतीय सेनाबाट निवृत्त लेखक क्षेत्रीले आफ्नो जीवन भोगाइलाई पुस्तकाकार दिएका हुन् । साहित्यकार सरुभक्तले क्षेत्रीको लेखनमा गहनता रहेको सुनाए । 

जीवन्त लेखन र भाषाशैलीले पुस्तकलाई पठनीय बनाएको उनको भनाइ थियो । क्षेत्रीको पुस्तकमा प्रकृति प्रेम पनि उत्तिकै प्रकट भएको सरुभक्तले उल्लेख गरे । लेखन आफ्नो सानैदेखिको रुचि भएको क्षेत्रीले बताए । 

साहित्यसेवी विश्व सिग्देल, रीता अधिकारी, लक्ष्मण थापा लगायतले क्षेत्रीको लेखनबाट आफूहरु प्रभावित भएको उल्लेख गरे । उनको यसअघि ‘एकान्त भीड’ कविता सङ्ग्रह प्रकाशित छ । जागिरबाट निवृत्त भएपछि क्षेत्री साहित्य लेखनमा सक्रिय छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार