बंगलादेश एसिया कपबाट बाहिरियो, श्रीलंकासँग २१ रनले पराजित
काठमाडौं - बंगलादेश एसिया कप क्रिकेटबाट बाहिरिएको छ। सुपर फोरमा लगातार दुई खेलमा पराजित भएपछि बंगलादेश फाइनल पुग्ने सम्भावना सकिएको हो ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेशले दोस्रो खेलमा श्रीलंकासँग २१ रनले हार्याे । अब सुपर फोरको अन्तिम खेलमा भारतसँग खेल्ने छ। भारतसँग जित निकाल्दा पनि बंगलादेशको फाइनल खेल्ने सम्भावना छैन । सुपर फोरमा भारतले एक खेल पनि खेलेको छैन भने पाकिस्तान र श्रीलंकाले एकएक खेल खेलेका छन्।
प्रेमदासा स्टेडियम कोलम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २५७ रन बनाएको थियो । श्रीलंकाकासदिरासमरबिक्रमाले ९३ रनको उत्कृष्ट पारी खेले ।
यसैगरी कुशल मेन्डिस ५० रन बनाएर आउट हुँदा पथुमनिसनकाले ४० रन जोडेका थिए । कप्तान डासुनसनकाले २४ तथा दिमुथकरुणारत्नेले १८ रनको पारि खेले । बंगलादेशका तक्सिन अहमद र हसन महमुदले तीन तीन विकेट लिए । सइफुल इस्लामले २ विकेट लिएका थिए ।
२५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ४८ दशमलव१ ओभरमा सबै विकेट गुमाएर २३६ रनमात्रै बनायो ।बंगलादेशकातोहिडह्रिदोले सर्वाधिक ८२ रनको पारि खेल्दा मुस्फिकुर रहिमले २९ रन जोडेका थिए । यसैगरी मेहदी हसनले २८ तथा मोहमद नइमले २१ रन जोडेका थिए ।
बंगलादेशलाई रोक्ने क्रममा महेश तिक्षणा,दशुनसनका र महिषापथिरनालेतीततीन विकेट लिए ।
प्रतियोगिता अन्तरगत आइतबार भारत र पाकिस्तानबीच खेल हुन्छ ।