झरना थापा लेख्छिन्- मर्नु न बाँच्नुको पीडा भइरहेको छ
काठमाडौं - चलचित्र ‘एक भगवत गीता’ले सेन्सर अनुमति नपाएपछि निर्देशक तथा अभिनेत्री झरना थापाले मर्नु न बाच्नुको पीडा भइरहेको बताएकी छिन् ।
मध्यरात फेसबुकमा थापाले सारा सम्पत्ति र सपनाको लगानी भएको चलचित्र चल्नै नदिने अवस्था आउँनाले आफु पिडामा परेको बताएकी छन् ।
उनले सत्य बोलिरहँदा र सही छु भनेर प्रमाण दिइरहँदा पनि कसैले नसुनिदिएको भन्दै अब आफूले यो विवादको फैसला भगवानको हातमा छोडिदिएको उल्लेख गरेकी छिन् ।
केही धार्मिक सङ्घसंस्थाले चलचित्रको शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८० ०८:३४
प्रतिक्रिया दिनुहोस्