Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललिता निवास प्रकरण : धरौटी बुझाउन नसकेपछि ....

सोमबार, भदौ २५, २०८०

काठमाडौँ - ललिता निवास प्रकरणमा एक जना पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनालाई आइतबार नै रिहा गर्न आदेश दिएको थियो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो।

१७ जनामध्ये एक जना आरोपीले भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान भएका छन्।

नापी कार्यालय मैतीदेवी काठमाडौँका तत्कालीन अमिन अरूणकमार श्रेष्ठ कारागार चलान भएका हुन्। अदालतले उनीसँग ७ लाख ५० रुपैयाँ धरौटी माग गरेको थियो।

स्रोतका अनुसार श्रेष्ठले धरौटी जुटाए छुट्न सक्छन्। तर धरौटी बुझाउन नसकेको अवस्थामा उनी फैसला नहुञ्जेलसम्म पनि कारागारमै रहने बताइएको छ । ।

आइतबार इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख धरौटी माग गरेको थियो। 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्