नेभिगेशन
समाचार
कोशी प्रदेश

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त

काठमाडौँ- कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले वरिष्ठ अधिवक्ता आचार्यलाई नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार