नेभिगेशन
समाचार

चार सीडीओसहित १० सहसचिवको सरुवा, अध्यागमनको महानिर्देशकमा तामाङ

काठमाडौँ– गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित १० सहसचिवको सरुवा र जिम्मेवमरी हेरफेर गरेको छ ।

गृह मन्त्रालयले केही सहसचिव र दाङ, बाग्लुङ, भक्तपुर, महोत्तरी र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको सरुवा र जिम्मेवमरी हेरफेर गरेको हो ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभागको महानिर्देशक बनाएका छन् । त्यस्तै, प्राधिकरणमा गृहका सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई पठाएको छ । 

त्यसैगरी, सहसचिव रामबन्धु सुवेदीलाई दाङ, गणेश अर्याललाई रुपन्देही, शिवराम गेलाललाई महोत्तरी तथा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । त्यस्तै, प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत सहसचिव भरतमणि पाण्डे, दीपककुमार पहाडी र खगेन्द्रप्रसाद रिजाल मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै, मन्त्रालयले दैलेखमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा पठाइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार