Nic Ad Nic Ad
Nic Ad Nic Ad

लिबियामा भीषण बाढी, १५० जनाको मृत्यु

सोमबार, भदौ २५, २०८०

बेन्गाजी– भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै  बाढीको प्रकोप हुँदा एक सय ५० जनाको मृत्यु भएको एक जना सरकारी अधिकारीले बताएका छन् ।

लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको उपनगरमा आँधी ड्यानियलले पारेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी कम्तीमा एक सय ५० जनाले ज्यान गुमाएका बताए । “यो मानवीय क्षति बाहेक सार्वजनिक एवं निजी सम्पत्तिको पनि व्यापक विनाश भएको छ,” उनले एएफपी संवाददातालाई सुनाए । प्रधानमन्त्री ओसामा हमाद उद्धार समितिका प्रमुख र अन्य मन्त्रीहरू बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न डेर्ना पुगेका बताएका छन् । 

त्रिपोलीमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गठन भएको अन्तरराष्ट्रिय मान्यता प्राप्त सङ्क्रमणकालीन प्रशासनको प्रतिद्वन्द्वी हमादको सरकारले सोमबार डेर्नालाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ । उद्धारमा खटिएका नौ जना सैनिक जवान सम्पर्कविहीन भएका छन् पूर्वी लिबियामा आइतवार आँधीले जबल अल–अख्दारको भेगमा व्यापक क्षति गरेको छ ।

केही दिनअघि डेनियल आँधीका कारण ग्रीस, टर्की र बुल्गेरियाका केही भागमा मुसलधारे वर्षा हुँदा २७ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार