Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुवास नेम्वाङको निधन

नेम्वाङको निधनले नेपाली राजनीतिमा ठूलो क्षति भयाे : गृहमन्त्री

मंगलबार, भदौ २६, २०८०

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका छन् ।

नेता नेम्वाङको सोमबार राति निधन भएपछि श्रद्धाञ्जली अर्पण गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले उनको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति भएको बताएका हुन् ।

उनले भने, ‘नेपालको लोकतान्त्रिक परिवर्तनलाई संविधानमा संस्थागत गर्ने भूमिकाका निम्ति नेपाली जनताले सदा अध्यक्ष सुवास नेम्वाङलाई स्मरण गरिरहने छ ।’

नेम्वाङको निधन नेपालको राजनीति र समाजका निम्ति अत्यन्त ठूलो क्षति भएको उनको भनाई छ । नेम्वाङ संविधानसभाबाट संविधान घोषणाका कुशल नेता मात्र नभएर संसदीय अध्यासमा सिद्धहस्त नेता पनि भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्