मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनभएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।अहिले १० बजे बस्ने बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्नेछ ।
सोमबार राति हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीरलाई एमालेले बिहान ७ बजे नै पार्टी कार्यालय, च्यासलमा लैजाने तयारी गरेको थियो ।
तर, बिहान त्रिवि अस्पताल महाराजगन्ज पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल शव पार्टी कार्यालय नलैजान आग्रह गरेका छन् । नेम्वाङलाई राजकीय सम्मान दिने सरकारबाट निर्णय भएमा शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १०:१५
प्रतिक्रिया दिनुहोस्