Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुवास नेम्वाङको निधन

नेम्वाङको निधनपछि इलाममा आजै शोक बिदा

मंगलबार, भदौ २६, २०८०

काठमाडौं - संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज शोक बिदा दिएको छ ।

अध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली सहित आज शोक बिदा दिइएको गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बोले शोक वक्तव्य मार्फत जानकारी दिएको छ ।

नेम्वाङको निधनपछि नेकपा (एमाले) जिल्ला पार्टी कार्यालय इलाममा एमाले कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गर्दै पार्टीको झन्डा भुकाइएको छ । एमालेले पार्टी कार्यालयमा शोक पुस्तिका राखेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्