Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुवास नेम्वाङको निधन

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं - संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्तयेष्टि हुन्छ त्यसै दिन सार्वजनिक विदा दिइने निर्णय गरीएको हो ।

मंगलवार बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरी सोही दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नेपाली राजनीति वृत्तमा निकै शालीन नेताका रुपमा परिचित पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।  

नेम्वाङको निधनको खबरसँगै अहिले नेपाली राजनीति वृत्तसँगै सम्पूर्ण मुलुक नै स्तब्ध बनेको छ । उनको निधनप्रति सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् आम नागरिकले दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेका छन् ।

संविधान सभा अध्यक्षसमेत रहेका नेता नेम्वाङको सोमबार राती निधन भएको हो । बालुवाटारस्थिति निवासको शौचालयमा बेहोस भेटिएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा बीचबाटोमै निधन भएको हो । सोमबार राती १ः५० बजे अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्