Nic Ad Nic Ad
Nic Ad Nic Ad

बिहानदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी खुल्यो

मंगलबार, भदौ २६, २०८०

चितवन - बिहान झरेको सुक्खा पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडक साढे २ घन्टापछि खुलेको छ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुल नजिकै आज बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक पहिरो पञ्छाएपछि खुलेको हो ।

इलाका प्रहरी कार्यालय मुगलिङका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले पहिर पन्छाएपछि सडकमा दुईतर्फी रूपमै यातायात सञ्चालन हुन थालेको जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्