Nic Ad Nic Ad
Nic Ad Nic Ad
हर्कको हर्कत

हर्कको हर्कतले हैरान धरानः मेयरको देवत्वकरणदेखि दानवीकरण कसरी हुँदैछ?

मंगलबार, भदौ २६, २०८०

काठमाडौंपछिल्लो पटक प्रश्न गर्ने अशोक लिम्बुलाई नगर प्रहरीको नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा थुनाएपछि धरानका मेयर हर्क साम्पाङ थप विवादमा तानिएका छन्।

धरानमा मन्दीरका अगाडि चर्च बनाउन दिएपछि धार्मिक असहिष्णु रहेको भनी मेयर साम्पाङको आलोचना भएको थियो। पहिला हठ्ठी रहेका र केही काम गर्न सक्लान् भनी स्वतन्त्र उम्मेदवारी दिएका उनलाई मेयर पदमा जिताउने जनता अहिले आजित छन्।

साम्पाङले आई एम स्टेट भन्ने शैलीमा धार्मिक विषय होस् वा विकासका विषयमा मनपरी गर्न थालेपछि विवादमा तानिएका थिए। यति मात्र होइन वृक्षारोपणका नाममा व्यक्तिका जग्गमा नै पुगेर विवाद गर्ने साम्पाङको शैलीले मेयरको चुनावताका भोट माग्दा देखिएको उनको साधगी विचारको हुर्मत लिएको छ।

उच्च अदालत विराटनगरले मेयर साम्पाङलाई व्यक्तिका जग्गामा वृक्षारोपणका नाममा आतंक नमच्चाउन आदेश दिएको थियो।

जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि उनलाई त्यस्तो नगर्न आदेश दिएको थियो। मेयरले पुनः सोही ठाउँमा गएर स्थानीयको घर भत्काइदिन्छु भन्न थालेपछि पुनः यो विषय अदालत पुगेको हो। स्थानीय सोध्छन्,‘ हर्क साम्पाङ अदालतभन्दा पनि माथि हुन् र ?

उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको थियो। धरान४ स्थित छोटी मोरङ डाँडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबरजस्ती विरूवा रोपेको भन्दै अधिकारी दम्पती यसअघि नै अदालत गएका थिए।

साउन ६ गते मेयरले आफ्नो जमिनमा जबरजस्ती गरेको, पाराग्लाइडिङको उडानस्थलमै विरूवा रोपेर असर पारेको भन्दै अधिकारी परिवार अदालत पुगेको थियो। साउन ११ गते उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउन भनेको थियो।

तैपनि अटेर र थेत्तरो मेयर हर्क किन मान्थे र? फेरि उक्त जग्गमा पुगेपछि दोस्रो पटक आदेश खान पर्यो।

काकाकुल धरानमा पानी ल्याउने एजेन्डा र श्रमदानको विषयले साम्पाङलाई देवत्वकरणको बाटोमा डोहोराएको थियो। तर, धार्मिक विषयदेखि जनजनसँग विवाद गर्ने उनको हर्कतले दानवीकरणको चरणमा पुगेका छन्।

आफ्ना विरोधिहरुलाई अधिनायकवादी शैली देखाउन गर्न थालेपछि उनको देवत्वकरणबाट दानवीकरण सुरु भएको हो। मातहतका जनप्रतिनिधिहरु पनि साम्पाङसँग सन्तुष्ट छैनन्।

पार्टीका झोले गुइँठे भनेर आफ्ना आलोचकलाई गर्ने उनको सम्बोधन अशोभनीय र मेयरको जस्तो नभएको टिप्पणी हुन थालेको छ।

धरानमा हिंसा भड्किन खोज्दा भएको सद्भाव र्यालीमा सहभागी नभएका मेयरको साम्पाङको सामाजिक सञ्जालमा पास्टर भनी आलोचना भयो। किनकी, उनले धार्मिक सहिष्णुताका निम्ति कुनै कदम चालेनन्।

आर्थिक वर्ष २०८०÷८१ को बजेटको छलफलका क्रममा बैठकमै चर्काचर्की परेको थियो। बजेट तर्जुमा समितिले कार्यपालिका बैठकमा बजेट प्रस्तुत गरेपछि कार्यपालिका सदस्यहरुले नै विरोध गरे। साम्पाङ त विमति भएका वडाध्यक्षको राजीनामा नै माग्न पनि पछि परेनन्।

यति मात्र कहाँ हो र साम्पाङको विवाद त काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग पनि परेको थियो। सामाजिक सञ्जालमा दोहोरो विवाद नभएको होइन।

दलबाट मेयर नजिताएका कारण लगाम बिनाको घोडा बन्ने दौडमा मेयर साम्पाङको अहंकारले काम गरिरहेको सर्वसाधारण बताउँछन्। यहाँसम्मकी उनका पछिल्ला हर्कतले सुरुका समयमा समन्वय गरेका उपमेयर अइन्द्र बेघा पनि अलमल्ल र उदेकमा छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्