Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुवास नेम्वाङको निधन

सुवास दाइको अभाव सधैँ खड्किनेछ : गगन थापा

मंगलबार, भदौ २६, २०८०

काठमाडौ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन्। नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महामन्त्री थापाले भने – ‘नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ।’

संविधान सभा अध्यक्ष हुँदा संविधान निर्माणमा सहमति र सहकार्यका लागि उनले गरेको समन्वयकारी भूमिका सदा स्मरणीय रहने थापाले बताए । आफूलाई संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयौँ विषय सिकाउने र बुझाउने व्यक्तिको अभाव सधैँ खड्किने थापाको भनाइ छ ।

‘म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ,’ थापाले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्