Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुवास नेम्वाङको निधन

नेम्वाङको निधनमा एमालेले तीन दिन आधा झण्डा झुकाउने

मंगलबार, भदौ २६, २०८०

काठमाडौं- नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा देशभरका सबै पार्टी कार्यालयको झण्डा आधा झकाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले विशेष शोक प्रस्ताव पारित गर्दै देशभरका पार्टी कार्यालयका झण्डा आधा झुकाउने र पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय र नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘हामीले विशेष शोक प्रस्ताव पारित गरेका छौं । उहाँको सम्मानमा तीन दिनसम्म देशका सबै पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाइने छ । पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालयहरु, जिल्ला कार्यालयहरु र उहाँको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राखिनेछ,’– ज्ञवालीले भने ।

साथै, पार्टी र पार्टी संवद्ध जनसंगठनका औपचारिक कार्यक्रमहरु तीन दिनसम्म स्थगित गरिएको छ । एमालेको आज बसेको सचिवालय बैठकले आगामी असोज २ गते नेम्वाङको सम्मानमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।

नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि दिउँसोसम्म पार्टी कार्यालयमा राखिने पनि उपमहासचिव ज्ञवालीले जानकारी गराए । एमालेले नेम्वाङ बस्ने कुर्सीमा माला राखेर आजको सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्