Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुवास नेम्वाङको निधन

नेम्वाङको पार्थिव शरीरमा देउवाद्धारा श्रद्धाञ्जली अर्पण

मंगलबार, भदौ २६, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख, संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

मंगलबार दिउँसो एमाले मुख्यालय च्यासल पुगेर कांग्रेस सभापति देउवाले पूर्वसभामुख नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका हुन् । इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।

नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शिक्षण अस्पतालबाट एमाले मुख्यालय च्यासलमा ल्याइएको हो । नेम्वाङको भोलि  राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्