Nic Ad Nic Ad
Nic Ad Nic Ad
सुवास नेम्वाङको निधन

नेम्वाङको अन्त्येष्टि​​​​​​​ बिहीबार, सोही दिन सार्वजनिक बिदा

मंगलबार, भदौ २६, २०८०

काठमाडौँ- संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ ।

हृदयघातबाट मंगलबार बिहान निधन भएका नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको हो । सोही दिन सरकारले सार्वजनिक बिदा दिने निर्णयसमेत गरिसकेको छ ।

एक नेताका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । उनीप्रति पूर्वराष्ट्रपति, प्रधानमन्त्री तथा नेताकार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

377916127_261337703528605_3139547365389602347_n1694519840.jpg

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्