Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेम्वाङकाे निधनप्रति शोक प्रस्ताव पारित

सुवास नेम्वाङ सफल राजनेता, देश र पार्टीमा ठूलो क्षति पुग्यो : अध्यक्ष ओली

बिहीबार, भदौ २८, २०८०

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ सफल राजनेताको रुपमा रहेको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएक छन् ।

संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बिभिन्न परिवर्तनकारी आन्दोलनदेखि संविधानसभाबाट संविधान जारी गर्ने र अहिले सबैलाई एकतावद्ध गर्न सक्ने सफल राजनेता सुवास नेम्वाङ भएको भन्दै उनको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको बताएका हुन् ।

सामाजिक सद्भाव राष्ट्रिय एकतामा नेम्वाङको सदैव जोड रहने गरेको उाले स्मरण गरे ।

उाले नेपालको संसदीय प्रणालीको कार्यान्वयनमा नेम्वाङको भूमिका कसैले लिन नसक्ने जिकिर गरे । नेम्वाङको निधनपछि सम्मानमा सरकारले कुनै कन्ज्युसाई नगरेको र यो सकारात्मक रहेको ओलीले बताए ।

संसदीय दलको बैठकले दलका उपनेता समेत रहेका नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्