नेभिगेशन
विश्व

चीनका रक्षामन्त्री दुई सातादेखि सम्पर्कविहीन

काठमाडौं - चीनका रक्षामन्त्री ली साङ्फू दुई सातादेखि सम्पर्कविहीन भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साङ्फु दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएका छन् ।

रिपोर्टहरूका अनुसार चिनियाँ रक्षामन्त्री ली अगस्त २९ बाट देखिएका छैनन् । यतिबेला उनीमाथि सन् २०१७ को भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

६५ वर्षका ली गत मार्चमा रक्षा मन्त्री नियुक्त भएका थिए।

यसअघि गत महिना तत्कालीन चिनियाँ विदेश मन्त्री छिन काङ एक्कासी सार्वजनिक रूपमा देखिन छाडेका थिए। त्यको केहिसमयपछि राष्ट्रपति सी चिनफिङले उनलाई बर्खास्त गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन