Nic Ad Nic Ad
Nic Ad Nic Ad
चिकित्सक कुटपिट

आज देशभरका आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द : चिकित्सक संघ

शनिबार, भदौ ३०, २०८०

काठमाडौँ– नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । 

गत भदौ २७ हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै संघले आज एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रममा भदौ ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने संघले विज्ञप्तिमा जनाएको छ । संघले अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । 

संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।

देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत जारी विज्ञप्तिमा माग गरिएको छ । 

यस्तो छ विज्ञप्ति

health  service closed 11694874377.jpg

health  service closed 21694874377.jpg

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्