Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

सोमबार, असोज १, २०८०

काठमाडौँ - अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहने उसले बताएको छ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाको भनाइ छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू–भाग र मध्य प्रदेशको पश्चिमी भू–भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्