सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था
काठमाडौँ– सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ ।
बैंकका अनुसार उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिटरक्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सानिमा बैंकका ग्राहकहरुले ओपिडीरआइपिडी तथा बेड सम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधिमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएकोसमेत बैंकले जनाएको छ।
छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।