Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडाले भारतीय उच्च कुटनीतिज्ञलाई गर्‍यो देश निकाला

मंगलबार, असोज २, २०८०

काठमाडाैं- भारतसँगको विवाद बढ्दै गएपछि क्यानडाले भारतका एक शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेको छ । यससँगै, खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्याको घटना पुनः चर्चामा आएको छ । क्यानडा सरकारले हत्याको अनुसन्धानमा भारतीय कूटनीतिज्ञहरूले हस्तक्षेप गरेको आरोप लगाउदै कूटनीतिज्ञलाई निष्कासन गरेकाे हाे ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको षड्यन्त्र हुन सक्ने आरोप समेत लगाएका छन् । गत १८ जुनमा क्यानडामा खालिस्तानी नेता हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो। निज्जरलाई क्यानडाको सरेस्थित गुरु नानक सिख गुरुद्वारा नजिक दुई अज्ञात आक्रमणकारीले आक्रमण गरेका थिए। आक्रमणमा उनको मृत्यु भएको थियो ।

निज्जर गुरु नानक सिख गुरुद्वाराका अध्यक्ष थिए र क्यानडाको चरमपन्थी संगठन सिख फर जस्टिस एसएफजेका मुख्य नेता थिए। निज्जर खालिस्तान टाइगर फोर्सका प्रमुख पनि थिए।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूसँग निज्जरलाई भारत सरकारका एजेन्टहरूले मारेको हो भन्ने विश्वास गर्ने कारण छ। क्यानडाका एजेन्सीहरूले निज्जरको हत्यामा भारतीय षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेका छन्।’

ट्रुडोले क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्यामा कुनै पनि संलग्नता अस्वीकार्य छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नयाँ दिल्लीमा भएको जी २० शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको संसदलाई बताए।

‘मैले नरसंहारको अनुसन्धानमा भारत सरकारको कुनै पनि संलग्नता अस्वीकार्य हुने बताएको थिएँ । मैले उनलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको थिएँ । क्यानडाको भूमिमा एक क्यानाडाली नागरिकको हत्या भएको छ । यसको अनुसन्धानमा कुनै पनि विदेशी सरकारको संलग्नता हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो।’ उनले भने । यसअघि निज्जरविरुद्ध भारतविरुद्ध आतंकवादी गतिविधि गर्ने षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर भएकाे थियो।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्