Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडा–भारत कुटनीतिक टकरावः क्यानडाले नियोग कर्मचारी निकाल्दा, भारतको ५ दिने अल्टिमेटम

मंगलबार, असोज २, २०८०

काठमाडौंक्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएपछि तनाव भएको छ।

गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी भएको हत्यामा भारत सरकारको हात रहेको भनी २४ घन्टाभित्र कुटनीतिक अधिकारीलाई मुलुकबाट निकालिएको समाचारमा आएका थिए।

क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा विश्वसनीय सम्बन्ध पहिचान गरेको ट्रूडोले बताएको बीबीसीले उल्लेख गरेको छ।

क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो, ट्रूडोले सोमवार क्यानडाको संसद् हाउस अफ कमन्समा बोल्दै भनेका थिए।

क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको छ।

मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक जना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न भनेको जानकारी गराएको छ।

उनले भारतमा सेप्टेम्बर ९ र १० मा आयोजित जी२० बैठकको बेला आफूले यो मुद्दालाई प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष उठाएको जानकारी पनि दिएका थिए।

क्यानडाका विदेशमन्त्री मेलनी जोलीले भारतका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरिएको जानकारी दिएकी हुन्। ती भारतीय कूटनीतिज्ञबारे उनले थप जानकारी भने दिएकी छैनन्।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्