नेभिगेशन
समाचार

कांग्रेसमा शेखर–गगन समूह थप बलियो, मिनेन्द्र रिजाल थपिए

काठमाडौंनेपाली कांग्रेसको इतर समूहले परिचित डा. शेखर कोइराला पक्ष थप बलियो भएको छ। मंगलबार भएको शेखरगगन थापा समूहमा डा. मिनेन्द्र रिजालसहितका नेता सहभागी भएका छन्।

सहमहामन्त्री बद्री पाण्डे, दिलेन्द्र बडू, कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायतका नेता थपिएका छन्।

दिनेश कोइराला चितवनमा स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थन पाउँदा कारबाहीमा परेका थिए।

कांग्रेसको बैठक ४ असोजमा हुनेछ। महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल सहभागी नभए पनि सोही समूहको पक्षमा रहेको बताइन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार