नेभिगेशन
सुरक्षा–अपराध
ललिता निवास प्रकरण

सालोको जायजेथामा ललिता निवास प्रकरणका अभियुक्त पूर्वसह–सचिव खापुङको षडयन्त्रमा मुद्दा?

काठमाडौंसरकारी जग्गा भनेपछि व्यक्तिका नाममा लैजान मरिहत्ते गर्ने पूर्वसहसचिव प्रेमबहादुर खापुङले मृत्यु भइसकेका सालो ललितकुमार आङबुहाङको पुख्र्यौली सम्पत्तीमा आफन्त लगाएर मुद्दामामिलाको षडयन्त्र गरेका छन्।

ताप्लेजुङ र झापा जिल्लाका विभिन्न ठाउँमा आङबुहाङको पुख्र्यौली सम्पत्ती तथा सालोबुहारी शिवरुपा लिम्बुनीका नाममा रहेको जग्गामा मुद्दा लगाउन आफन्तलाई उक्साएको र भड्काएको तथ्य यसकारण पनि सत्य साबित हुन्छ कि, उनै आङबुहाङको काठमाडौंमा रहेको जग्गा रेखदेखका नाममा खापुङले हडप्ने कोशिश गरेका थिए।

खापुङले काठमाडौं१६ मा शिवरूपा लिम्बुनीको नाममा रहेको एक रोपनी १० आना जग्गा कब्जा गरेर बसेका थिए। त्यसको उजुरी जिल्ला प्रशासनमा परेपछि खापुङले सबै जग्गा कब्जा गर्नका लागि अदालती बाटोलाई अनेक प्रपञ्च गरी प्रयोग गरेको देखिन्छ।

उक्त जग्गा उपभोग गर्न नदिएपछि जिप्रका काठमाडौंमा शिवरूपा र परिवारका अन्य सदस्यले ९१९९ नम्बरमा शान्ति सुरक्षा पाउँ भनी केही बर्षअघि उजुरी दर्ता गराएका थिए। उक्त उजुरीको प्रतिलिपि अहिले पनि फेला पार्न सकिन्छ।

शिवरुपाका पति स्व. ललितबहादुर आङबुहाङले ०४७ सालमा लिएको जग्गा खापुङले रेखदेख गर्दै आएका थिए तर १० बर्षदेखि भने कब्जा नै जमाएर फिर्ता दिएका थिएनन्। अस्ट्रेलिया पुगेर आम्दानी गरेर आङबुहाङले जग्गा जमिन जोडेका थिए।

ललितबहादुर आङबुहाङको ०६४ सालमा मृत्यु भएपछि खापुङले प्रशासनिक शक्तिका आडमा उनीहरूको जग्गा कब्जा गर्ने नियत राखेको परिवार र आफन्तले नै बताउँछन्।

पारिवारिक स्रोतका अनुसार अहिले कतिपय आफन्त लगाएर जग्गा रोक्का गराउन नभएको अंशमुद्दाको दाबी गराउने काममा पनि खापुङको षडयन्त्र छ। जग्गाको मामिलामा मालपोत कार्यालयमा लामो समयसम्म काम गरेका खापुङ माहिर मानिन्छन्।

किनकी उनी युनएन पार्कको सरकारी जग्गा, ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने मालपोतका अधिकारी रहेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अभियुक्त करार गरी कारबाही गर्न राय दिएका व्यक्ति हुन्।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पार्ने क्रममा ६८ करोडभन्दा बढी मुल्यको सम्पत्ति जोडेको अख्तियार र सीआईबीको प्रतिवेदनमा छ। उनीमाथि सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान गरिरहेको छ।

खापुङलाई किराँत याक्थुम चुम्लुङले कारबाही गरेको थियो भने अनैतिक ऋण दिएर डुबाएका कारण गुर्खाज फाइनाइन्सले सञ्चालक समितिबाट हटाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ