नेभिगेशन
अटोमोबाइल्स

व्रिटिस कलेजको दिक्षान्त समारोह २०२३ सम्पन्न

काठमाडौ- व्रिटिस कलेजले ९ औँ दिक्षान्त समारोह २०२३ सम्पन्न गरेको छ । शुक्रबार स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुलाई युकेको डिग्री प्रदान गरी भव्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।  

विशेष गरी कलेजले विभिन्न विधाका अन्र्तराष्ट्रिकोर्षहरु पढाउँदै आएको छ । यसरी अन्र्तराष्ट्रिय कोषहरु नेपालमै आमावुबा संग बसेर पढ्ने पार्ईएने  र  आफुले पढेका विषयमा देश तथा विदेशमा काम गर्ने अवसर प्रदान गर्ने कलेज पढ्न पाउँदा र ईन्टरनेशनल डिग्री हासिल गर्न पाउदाँ विद्यार्थीहरु हर्षित देखिन्थे ।

एम एस्सी इन ईन्टरनेशनल म्यानेजमेन्ट लागाएत अन्य विषय अध्ययन गर्ने विद्यार्थीहरु लगभग ४ सय भन्दा वढिलाई कलेजले सर्टिफिकेट प्रदान गरिएको थियो ।  विद्यार्थीहरुले कुराकानीका क्रममा नेपालको शिक्षण क्षेत्र फितलो हुनुमा धेरै कुरा औल्याएका थिए । जस्तो कि त्रिभुवन युनिर्भसिटी, पोखरा युनिर्भसिटी पढ्ने विद्यार्थीहरुको समयमा रिजल्ट नहुनु, परिक्षा समयमा नहुनु, परिक्षा मिती सरिरहनु जस्ता कारणले विद्यार्थीलाई असर गरीरहेको  विद्यार्थीहरुको बुझाई छ । 

यता दिक्षान्त समारोहामा सहभागी भएका आमाबुबाहरुपनि अत्यन्तै खुसी देखिएका थिए । आफ्नो सन्तान राष्ट्रिय स्तरमा नभई अन्र्तराष्ट्रिय स्तरमा समेत काम गर्ने, नेपाल आउने जान,े परिवारलाई पनि उतिकै माया दिने व्यवहार अनि अहिले छोराको हातमा युकेको डिग्री परिसकेपछिको खुसी आमाबुवाहरुले क्यानडा नेपाल संग यसरी खुसी व्यतm गरे 

त्यसै गरी कुराकानी गर्ने क्रममा एक्जीक्युटिभ डिरेक्टर महेन्द्र कँडेलले आफ्नो द व्रिटिस कलेजको एक पछि अर्को सफलता मिल्नुमा अभिभावक र विद्यार्थीहरुले गरेको मिहिनतले यो सम्भव भएको बताए  । साथै नेपालको सन्र्दभमा सबै युवा विदेश पढ्न चाहने भएकाले नेपालको पाठ्यक्रम परिवर्तन गर्न जरुरी रहेको बताए । असाईमेन्ट कोर्ष इन्टरनेशनल लेवलको हुने हो भने विद्यार्थी विद्यार्थीलाई पढ्न बाहिर जानु नपर्ने उनको भनाई थियो । 

यसरी दिक्षान्त सामारोहमा सहभागी शिक्षकहरुले आफ्नो विद्यार्थीले डिग्री हासिल गरेको प्रति अत्यन्तै सुखाभास व्यतm गरेका थिए । 

नेपालको शिक्षा क्षेत्रले नै देशको भविष्य निधारर्ण गर्छ, त्यसैले यस्ता व्रिटिस कलेज जस्तै नेपालका अन्य कलेज खुल्नु आवश्यक छ । जसले गर्दा विद्यार्थीलाई नेपालमै अध्यनको बातावरण मिल्छ र जागिरको सुनिश्चितता निधारण गर्न सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स