नेभिगेशन
समाचार

शब्दकोषबाट ‘ॐ’ शब्द हटाउन खोजेको भन्दै कांग्रेस नेता भण्डारीको आपत्ति

काठमाडाैं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपालको शब्दकोषणबाट ‌’ॐ’ (ओम) शब्द हटाउन खोजेको भन्दै आपत्ति जनाएका छन्। जारी केन्द्रीय समितिकाे बैठकमा बोल्दै भण्डारीले यस विषयमा कांग्रेस बैठककले सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताएका हुन् ।

‘नेपालको शब्दकोशबाट ॐ शब्द हटाइँदैछ । आजको बैठकबाट निर्णय गरियोस् । सरकारलाई निर्देश गरियोस् । यो हद भयो । अति भयो,’ भण्डारीले भने, ‘नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने तयारीप्रति सरकारका भएकोले हामीले खबरदारी गर्नुपर्छ । मौखिक रूपमा यो आवाज राखेका छौं । नभए सशक्त रूपमा आवाज उठाउँछौं ।’

भण्डारीले कांग्रेसले मूल विचार छोड्दा पार्टी र देशमा संकट आएको बताए । ‘इतिहासममै मुलुक संकटमा पुगेको छ । कांग्रेसलाई कालो दाग नलागोस् । यो मुलुकका यस्तो स्थिति आउँदा कांग्रेस जिम्मेवार छ । कथित राजनीतिक व्यवस्थाको नाममा १२ बुँदे सहमतिमा कांग्रेसले मूल विचार छोड्दा कांग्रेस र मुलुकमा संकट आयो,’ उनले भने, ‘सदियौंदेखि रहेको वैदिक सनातनको व्यवस्थामा धावा बोल्ने र जिस्क्याउने काम हुँदा सरकार के हेरेर बसेको छ ? राष्ट्रिय स्वाधीनता संकटमा पर्दैछ । जनजाति, मुस्लिम, आदि, जात, धर्मको नाममा युद्ध हुने स्थिति आउँदा कांग्रेस के हेरेर बसेको छ । संघीय प्रणाली समग्र मुलुक र राष्ट्रिको निम्ति जोखिमयुक्त छ ।’

भण्डारीले आगामी महासमिति बैठकमा हिन्दू राष्ट्रको विषयलाई पनि एजेण्डाको रूपमा प्रस्तुत नगरे अप्ठ्यारो पार्ने चेतावनी पनि दिए।

पार्टीमा मूल्यांकन र अवसरको न्यायोजित वितरण नभएको पनि उनकाे गुनासाे छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार