Nic Ad Nic Ad
Nic Ad Nic Ad

समावेशिताको बिषयमा नेपाल निकै अगाडी छ : सभापति देउवा

आइतबार, असोज ७, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले समावेशिताको बिषयमा नेपाल निकै अगाडी रहेको बताएका छन् ।

आइतबार काठमाडौँमा नेपाल मुस्लिम संघको तेश्रो केन्द्रिय महाधिवेशन उद्घाटन गर्दै देउवाले भारतमा भर्खरै मात्र महिला सहभागीता सुनिश्चित गरेको अवस्थामा नेपालले यसअघि नै समावेशीसहितको संविधान जारी गरिसकेको बताएका हुन् ।

उनले राष्ट्रिय सहमति कायम गर्न सके सवै जातजातीका लागि समावेशी सहभागीता बढाउन सकिने जिकिर गरे । देउवाले नेपालमा जात भन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने गरेको भन्दै निर्वाचनमा योग्य भएर राज्यको बिभिन्न निकायमा सहभागीता जनाउन सकिने उल्लेख गरे ।

त्यस्तै, उनले नेपालमा मुस्लिम समूलायले सदियौंदेखि राष्ट्रहितमा काम गरेकाले मुस्लिम संघले पनि मुलुकको हितमा काम गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल मुस्लिम संघले सभापति देउवालाई अभिनन्दन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्