Nic Ad Nic Ad
Nic Ad Nic Ad

साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिता : नेपाल र मालदिभ्स भिड्दै

सोमबार, असोज ८, २०८०

काठमाडौँ - साफ यू-१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणको अन्तिम खेल आज दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थिथ दशरथ रङ्गशालामा सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा बिहीबार पाकिस्तानसँग १-० गोल अन्तरले पराजित भएको नेपाली टोलीलाई सेमिफाइनलमा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ ।

बराबरी या हारले पनि नेपाली टोली समूह चरणबाटै बाहिरिनेछ । उता मालदिभ्सलाई भने सेमिफाइनलमा पुग्न बराबरी नै पर्याप्त हुनेछ । शनिबार भएको खेलमा मालदिभ्स र पाकिस्तानले बराबरी खेलेपछि नेपाललाई जित्नै पर्ने समीकरण बनेको हो ।

नेपाल रहेको समूह ए बाट २ खेलमा जित र एकमा बराबरी गर्दै ५ अङ्क जोडेको पाकिस्तान शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगिसकेको छ । समूह बी मा बङ्गलादेश, भुटान र भारत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्