Nic Ad Nic Ad
Nic Ad Nic Ad
गैह्रीगाउँ हत्या प्रकरण

बोल्न नसक्ने सञ्जय उर्फ ‘साईको भण्डारी’का गफले प्रहरी हैरान!

बुधबार, असोज १०, २०८०

काठमाडौंगैरीगाउँमा चार जनाको हत्या अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेका सिन्धुपाल्चोक बाह्रबिसे९ का २३ बर्षिय सञ्जय भण्डारीका गफले अनुसन्धान अधिकारी हैरान भएका छन्।

चार जना मात्र नभएर रातोपुलदेखि नक्शालसम्म आफूले हत्या गरेको बोल्नै नसक्ने भण्डारीले लेखेर जानकारी दिन्छन्। प्रहरीका सामु नै आफूलाई किन ल्याएको भनेर प्रश्न गर्ने भण्डारीलाई अचेलभरी प्रहरीहरुले साईको भण्डारी मान्न थालेका छन्।

यहाँसम्मकी म्याद थपका लागि जिल्ला अदालतमा लैजाँदा न्यायाधीशको नै दिमाग खराब हुनेगरी उनले लिखित बयान दिएका थिए। सांकेतिक भाषामा कुरा गर्ने व्यक्तिको सहयोगमा प्रहरीले अनुसन्धान जारी राखे पनि उनले दिएको बयानमा विश्वास गर्ने कि नगर्ने भन्ने विषयमा प्रहरी अलमलमा मात्र छैन, उनका डिमान्डले हैरान नै भइसकेको स्रोतले दाबी गरेको छ।

कहिले अरु हत्या गरेको छु भन्ने बयान दिन्छन् त कहिले सिन्धुपाल्चोक लैजानुपर्छ भन्छन्। यहाँसम्मकी म्याद थप गर्न लैजाने बेला न्यायाधीशलाई नै रनभुल्ल पारेका साईको भण्डारीका कुरा पत्याइ नसक्नुका छन्, स्रोतले भन्यो,‘कहिले त हिरासतमा रहेका व्यक्तिसँग मिलेर हत्या गरेको भन्नेसम्मका बयान दिन्छन्।

वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाई नाता पर्ने दीपेन्द्र राईसँग फर्निचरमा बस्दै आएका नवीन राईले मोटरसाइकलले आफूलाई ठक्कर दिएका कारण हत्या गरेको भण्डारीको प्रारम्भिक बयान थियो।

सीसी टिभी फुटेजका माध्यमबाट भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो।

भण्डारीले उक्त फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिन्चोक गाउँपालिका८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

अहिले थप अनुसन्धान जारी राखेका बेला भण्डारीले कहिले मासुभात माग्छन् त कहिले घुमाउन लिएर जानका लागि भन्ने गरेपछि प्रहरी हैरानमा छन्। उनीबारे सबै कोणबाट अनुसन्धान जारी राखिएको प्रहरीको उच्च स्रोतले जनाएको छ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:०१
प्रतिक्रिया दिनुहोस्