Nic Ad Nic Ad
Nic Ad Nic Ad
शेयर बजार

शेयर बजार १८ अङ्कले घट्यो

बुधबार, असोज १०, २०८०

काठमाडौँ- हिजो बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधवार १८.६० अङ्कले घटेर दुई हजार चार दशमलव ३० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेर बजार राताम्मे देखिएको छ । सबैभन्दा धेरै शुभम् पावर कम्पनी र लक्ष्मी भ्यालु–२ को शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदाको दिन आज मनकामना इन्जिरियङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा एसियन हाइड्रोपावर र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर झन्डै आठ प्रतिशतले बढेको छ ।

आज ७० लाख ६१ हजार कित्ता शेयर एक अर्ब ८१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१८ अंकले घट्यो नेप्से
बिहीबार, पुस २५, २०८१

शेयर बजार १० अंकले घट्यो
आइतबार, मंसिर १६, २०८१