Nic Ad Nic Ad
Nic Ad Nic Ad
शिक्षा विधेयक

कांग्रेसले संशोधन प्रस्तावमार्फत शिक्षा विधेयक अघि बढाउने 

बुधबार, असोज १०, २०८०

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलले शिक्षा विधेयकका सन्दर्भमा सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने भएको छ ।

मंगलबार र बुधबार संसद भवन नयाँ बानेश्वरमा विद्यालय शिक्षासम्बन्धी विधेयकमा बारेमा सरोकारवालासंग छलफल गर्दै कांग्रेसले विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गर्न पहलकदमी लिने जनाएको हो । 

शैक्षिक पेशालाई मर्यादित, सुरक्षित र शिक्षकहरुको हक अधिकारलाई कानूनमार्फत प्रत्याभूत गर्न गम्भीर हुनुपर्ने छलफल कांग्रेस सांसद अर्जुन नरसिंह केसीले बताए ।

उनले कानून बनाउदा सरोकारवालाहरुसंग बृहत छलफल गर्नुपर्ने र प्राप्त सुझावका आधारमा अन्तिम रुप दिन सरकार गम्भीर हुनुपर्ने बताए । उनले शैक्षिक समस्याप्रति गम्भीर भएर कांग्रेसले सरोकारवाला लगाएत बिज्ञहरुसंग छलफल गरेको भन्दै प्राप्त सुझावहरु प्रति कांग्रेसको ध्यानाकर्षण भएको धारणा राखे ।

छलफल पछि कांग्रेस उपसभापति समेत रहेका कानूनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय, शिक्षा लगाएत धेरै विधेयकहरु छलफलका क्रममा रहेको भन्दै महत्वपूर्ण विधेयकहरुलाई टुङ्गो लगाएर मात्रै अधिवेशन अन्त्य गर्न चाहेको बताए ।

त्यस्तै, कांग्रेस मुख्य सचेतक रमेश लेखकले छलफलमा आएका बिचारहरुमाथि छलफल गरेर विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने जिकिर गरे । उनले शिक्षकहरुको माग सम्बोधनका लागि संविधान संशोधन गर्न आवश्यक नरहेने बताए । लेखकले लामो समयदेखि संसद अवरोध हुँदा महत्वपूर्ण विधेयकहरु अघि बढ्न नसकेको र सानो सानो कुरामा संसद अवरुद्ध हुनु संसदीय अभ्यासको खराव कुरा रहेको धारणा राखे । 

विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो । तर आफुहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन् । विधेयकमाथि शिक्षकहरुको आपत्ती रहेपछि कांग्रेसले सरोकारवालासंग छलफल गरेको हो ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्