हनुमान ढोकामा इन्द्रजात्रा, भिभिआइपीको पैदल यात्रा [तस्बिरहरु]
काठमाडौँ– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइएको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन देशका पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथिले इन्द्रजात्रा पर्व अवलोकन गरे ।
बिहीबार बिहान वसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भएको थियो । पैदल यात्रामा राष्ट्रपति रामचन्द्र पौडेललगायत राष्ट्रका पाँचैजना प्रमुख भिभिआइपीलगायत सबै पैदलै हनुमान ढोका अगाडि पुगेर इन्द्रजात्रा अवलोकन गरे ।