Nic Ad Nic Ad
Nic Ad Nic Ad
१९औँ एसियाली खेलकुद

एशियाली खेलकुदमा चीनको अग्रस्थान कायम

बिहीबार, असोज ११, २०८०

हाङझाउ– एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले बिहीबार पनि अग्रता कायम गरेको छ । एक सय ६४ पदकसहित पहिलो स्थानमा रहेको छ । 

चीनले हालसम्म ८८ स्वर्ण, ५० रजत र २६ कास्य पदक हात पारेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले २१ स्वर्ण, २२ रजत र ३८ कास्य गरी ८१ पदक जितेको छ । 

तेस्रो स्थानमा रहेको जापानले १८ स्वर्ण, २९ रजत र त्यति नै कास्य हात पारेर  अहिलेसम्म ७६ पदक बटुलेको छ । छ वटा, ८ वटा रजत र ११ वटा कास्य पदक हासिल गरेर उज्वेकिस्तानले चौथो स्थानमा चित्त बुझाएको छ ।

भारतले छ वटा स्वर्ण, १० वटा रजत र १५ वटा कास्य पदक गरी जम्मा ३१ वटा पदक जितेर पाँचौ स्थान सुनिश्चित गरेको छ । 

यसैबीच, प्रतियोगितामा उत्तर कोरियाले एकैपटक तीन वटा स्वर्ण पदक जितेको छ । सुटिङमा पहिलोपटक तीन स्वर्ण प्राप्त गरेको उसले पाँच रजत र चार कास्य गरी १२ वटा पदक जितेर पदक तालिकामा दशौँ स्थान हासिल गरेको छ ।

छ वटा स्वर्णसहित कुल १६ पदक जितेर थाइल्याण्ड छैटौँ, पाँच वटा स्वर्णका साथ ३२ पदक पोल्टामा पारेर हङकङ सातौँ, चार वटा स्वर्णका साथ १३ पदक जितेको चाइनिज ताइपेइ आठौँ र तीन वटा स्वर्णसहित जम्मा २२ वटा पदक पाएको इरान  पदक तालिकामा नवौँ स्थानमा छ । –रासस

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्