Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले बाग्मतीको अध्यक्षमा दाहाल र ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने

बिहीबार, असोज ११, २०८०

काठमाडौँ– नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

आज विहानै वर्तमान अध्यक्ष केशव पाण्डेले, साँझ सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा दाहाल र ढुंगेलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

एक दिन मतदान रोकेर गरेको छलफलमा बुढाथोकीले उम्मेदवारी फिर्ता लिएर अध्यक्षका अर्का उम्मेदवार ढुंगेललाई समर्थन गरेका छन् । त्यस्तै, आजै साँझ श्रेष्ठ र बुढाथोकीले पनि उम्मेदवारी फिर्ता लिँदै दुबैले अध्यक्षका अर्का उम्मेदवार दाहाललाई समर्थन गरेको नेताहरुले बताएका छन् ।

निर्वाचन मण्डलले शुक्रबार (भोलि) विहान ८ बजेदेखि मतदानको समय तोकेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्