साफ यू १९ च्याम्पियनसिपको उपाधि भारतले जित्यो
काठमाडौँ - काठमाडौंमा सम्पन्न यू १९ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० ले पराजित गर्दै उपाधि उचालेको हो ।
भारतलाई च्याम्पियन बनाउन दशरथ रंगशालामा मालिङथन किप्गेनले २ गोल र गोगमसर गोयारीले एक गोल गरे ।
यसअघिको संस्करणको उपाधि पनि भारतले जितेको थियो । भारत तेस्रोपटक यू–१९ साफ च्याम्पियन बनेको हो ।
पहिलो पटक यू १९ सफा च्याम्पियनसिप खेलेको पाकिस्तान भने पहिलोपटक नै उपविजेता बनेको हो । नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो ।
यू–१९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो डेब्यू खेल हो । डेब्यू खेलमै ऊ फाइनल पुग्न सफल भएको हो ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० २१:५३
प्रतिक्रिया दिनुहोस्