एसियाली खेलकुद : नेपालले मालदिभ्सलाई दियो २ सय १३ रनको लक्ष्य
काठमाडौं - १९ औं एसियाली खेलकुदको क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ ।
२० ओभरको खेलमा ७ विकेट गुमाएर नेपालले २१३ रनको लक्ष्य दिन सफल भएको हो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । त्यस्तै कुशल मल्लले ४७ रन बनाए ।
यस्तै कुशल भुर्तेलले ३५,गुल्सन झाले ३५ र विनोद भण्डारीले १३ रन बनाए ।
आसिफ शेख ६, दिपेन्द्र सिंह ऐरी ६ र सन्दीप जोरा ५ रन बनाएर आउट भए । रन र सोमपाल कामी एक रनमा नटआउट रहे ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० ०९:०६
प्रतिक्रिया दिनुहोस्