Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि हट्दैन : जो बाइडेन

सोमबार, असोज १५, २०८०

वासिंग्टन डिसी - अमेरिकी राष्ट्रपति जाे बाइडेनले युक्रेनलाई समर्थन गर्नबाट अमेरिका पछि नहट्ने बताएका छन्।

अमेरिकी संसदमा अल्पकालीन विधेयक पारित भएको केही समय पछि अमेरिकी राष्ट्रपति वाइडेनले यस्तो टिप्पणी गरेका हुन् ।

विदेशी सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतवार युक्रेनीहरूलाई भरोसा गर्न पनि आग्रह गरेका छन्। बाइडेनले रिपब्लिकनहरूलाई युक्रेनको समर्थनको बारेमा बोल्न पनि आह्वान गरेका छन्।

उनले भने ‘मलाई आशा छ कि मेरा साथीहरूले युक्रेनलाई समर्थन गर्नेछन्। हामी युक्रेनका लागि अमेरिकी समर्थनलाई कुनै पनि हालतमा अवरोध हुन दिनेछैनौं।’

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्