Nic Ad Nic Ad
Nic Ad Nic Ad

किन भने राष्ट्रपतिले रवि लामिछानेलाई गलत ठाउँमा आउनुभयो ? रविको जवाफ के होला ?

सोमबार, असोज १५, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफै भोट दिएर बनाएको राष्ट्रपति रामचन्द्र पौडेललाई आज गुनासो बोकेर भेट्न पुगे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले राष्ट्रपतिमा पौडेललाई भोट दिएका थिए । र आज उही सांसदहरु पौडेललाई भेटेर गुनासो पोखेका छन् ।

संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डल राष्ट्रपती कार्यालय पुगेका हुन् । राष्ट्रपतिँंग भेटेर यस विषयमा छलफल गरेका छन् । मुख्यत् नेपाली कांग्रेसका युवा नेता भनेर चिनिने योग ढकाल अर्थात रिगल लाई राष्ट्रपतिले बाँकी कैद सजाय माफी गरेपछि छुटेका थिए । सरकारले निर्णय गरेपछि राष्ट्रपतिले तोक लाएका थिए । अब जनता कसरी सुरक्षित रहन्छन भन्ने प्रश्न बोकेर रवि लामिछाने आज राष्ट्रपतिलाई भेट्न पुगेका छन् ।

हुन त आफैले भोट दिएर जिताएको रामचन्द्र पौडेलसंग गुनासो पोखेका थिए तर रोचक कुरा के रहयो भने रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई नै उल्टै प्रश्न ठडाएका थिए । पौडेलले तपाईहरु गलत ठाउँमा आउनु भयो समेत भने । यस कारण फेरी रवि लामिछाने पनि झोक्किएका थिए । 

के भयो त उक्त भेटमा ? 
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिकव्यवस्था रहेको कुरा रवि लामिछाने सहितका नेताहरुलाई बताए । रेशमचौधरी भन्दापनि रिगल ढकाल लाई लिएर रास्वपा केन्द्रित थियो । संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउन आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले आफुले सरकार को निर्णय लाई उल्टाउन नसक्ने जिकिर गरेका छन् । राष्ट्रपति पौडेलले धेरै बेर यहि कुरालाई फोकस गर्दै बोलिरहे । संसदीय व्यवस्थाको मान्यता अनुसार मन्त्रिपरिषद्ले गरेको निर्णयको जसअपसजको भागी सरकार नै हुने संवैधानिक व्यवस्था रहेको कुरा समेत राष्ट्रपति ले रवि लामिछाने सहितका नेताहरु लाई सुनाए । अर्थात् गुण्डा हतियाराहरुलाई छोड्ने निर्णय प्रचण्ड सरकार को हो र यसको जवाफ पनि उहाँसंगै माग्नुस भन्ने भाषा रामचन्द्र पौडेलको थियो । तपाईहरु गलत ठाउँमा आउनुभयो , मलाई भन्दापनिप्रधानमन्त्री संग जवाफमाग्नुस भनेर रामचन्द्र पौडेल तर्किए । त्यत्तिमात्र हैन, रामचन्द्र पौडेल ले रविको पार्टी माथिप्रश्न समेत उठाए । तपाईहरु संविधान र गणतन्त्र को काम छैन भन्ने देखाउन यहा आउनुभएको हो भन्ने जस्तो तर्क समेत प्रस्तुत गरे । राष्ट्रपती पौडेल ले भने , “ तपाईंहरू जस्तो संविधान र गणतन्त्रप्रति प्रतिबद्ध भएका नेताले होसियार भएर सोच्न जरुरी छ । म सुन्छु, सबै कुराको दोष राष्ट्रपति संस्थामा थिथोपरेर यो व्यवस्था र गणतन्त्र नै ठीक छैन भन्ने पुष्टि गर्न र ७० वर्ष लडेर ल्याएको यो प्रणालीलाई कमजोर पार्न खोजिँदैछ, यसमा तपाईँहरू सचेत हुनुहोला र यसलाई जोगाउनु तपाईँहरूको दायित्व हो । “

राष्ट्रपतिले अर्को प्रसंग पनि निकाले । गृहमन्त्रिले ३४ जना अपराधीहरुलाई छुटाउन पत्र लेखेको तर त्यो भने आफुले विवेक प्रयोग गरेर फिर्ता पठाएको कुरा समेत खुलाए । संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आम माफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको भन्दै छाती फुलाएका थिए ।
राष्ट्रपती पौडेल ले भने , “ संविधानमा राष्ट्रपतिले स्वविवेकले आममाफी दिन सक्ने व्यवस्था टेकेर आएको ३४ जनाको बारेमाविधि, प्रक्रियाका सम्बन्धमा मैले प्रश्न उठाएर गृह मन्त्रालयमा फर्काइदिएको छु । जहाँसम्म छ सय ७० जनाको बाँकी कैद मिनाहाको विषय छ त्यो सबै प्रक्रिया पुर्याएर मन्त्रिपरिषद्ले निर्णय गरेपछि आएको विषय मैले स्वीकार गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।’

कुरा यत्ति मात्र भएन । यो त रह्यो राष्ट्रपतिको तर्फबाट बोलिएको कुरा । तपाई हामीलाई रवि लामिछानेको चरित्रको बारेमा अवगत नै छ । रवि लामिछाने डराउने वा बोल्न हिच्किचाउने व्यक्ति हैनन् । अनागरिक नै हुदा समेत मिडियासंग बोल्न नडराएका रविले जाने बेला आफ्नो जवाफ भने फर्काएका थिए । राष्ट्रपति ले भनेको कुरालाई इन्कार गर्न सकिन्न तर सरकार ले प्रक्रिया पुर्याएर जे दियो त्यसमा तपाईले हस्ताक्षर गर्ने भए राष्ट्रपति रबर स्ट्याम्पपो रहेछ । भोली सरकार ले जे पनि निर्णय गर्ला उसको सरकार टिकाउन , अनितपाई ले हस्ताक्षर गर्दिन मिल्ने रहेछ । भोली नेपाल अब भारत वा चीनसंग मिसिने निर्णय गर्ला अनि तपाईले हस्ताक्षर गर्नुहोला र जनतालाई भन्नु होला, जानुस प्रधानमन्त्री संग सोध्नुस म संग नसोध्नुस भनेर । हाम्रो संविधानमा राखेको प्रक्रियामा त्रुटी छ भन्ने तपाई ले मान्नु हुन्छ भन्ने आशथियो तर तपाई अभिवावकबन्नभन्दापनि म रबर स्ट्याम्पहो भन्ने जवाफदिनुभयो । खुशीलाग्यो । अभिवावकको रुपमा सरकार संग यो विषयमा कुरा राख्नुहोला यदि यो गलत हो भने अब देखि यो सच्च्याउभन्नु होला ।

रवि लामिछाने ले आफ्नो तरिकाले नम्रता संगै तितोपन मिसाएर राष्ट्रपति लाई हिड्ने बेला यस्तो जवाफदिएको कुरा मिडिया सामु उनका नेताहरु ले बताएका छन् ।

हुन पनि हो आज आएका समाचारहरु हेर्ने हो भने राष्ट्रपतिले यो नहुनु पर्ने भयो यसलाई सच्च्याउनु चाहि पर्ने हो भन्ने कुरा नराखेको पाईयो । दोष अरु लाईथोपर्ने जस्तो मात्र देखियो । हो रवि लामिछाने राष्ट्रपति संग भन्दापनित्यो नेपालीकांग्रेस संग जवाफमाग्नु पर्थ्यो जसले हत्यारा भनेर अदालतले दोषी ठहराएको व्यक्तिलाई माफी दिन आग्रह गर्यो , रवि ले प्रधानमन्त्री प्रचण्ड संग जवाफ माग्न पर्थ्यो । राष्ट्रपती ले भनेको सहि हो , वहा रबर स्ट्याम्प नै हो आखिर यहि गठबन्धन ले बनाईदिएको राष्ट्रपती न हो तर प्रक्रिया सबै सहि भएपनि हत्यारा लाई माफी दिएर समाज फर्काउनु त गलत हो नि । अभिवावक भएको व्यक्तिले यत्ति सम्ममनन् त गर्न पर्थ्यो होला नि ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्